विभिन्न २० देशमा राजदूत सिफारिस, चैत २४

२४ चैत । नेपाल सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।
सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस गरेका छन् ।
यसअघि, चैत ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गर्नुभएको हो ।
त्यसैगरी, चैत १४ गते अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्रीलाई सिफारिस गर्ने नेपाल सरकारको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम खत्रीलाई २०७८ चैत १५ गते राजदूत नियुक्त गर्नुभएको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।

1 thought on “विभिन्न २० देशमा राजदूत सिफारिस, चैत २४”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!