WHO का महानिर्देशक टेड्रोस नेपालमा (बैशाख ०८)

२०७८ बैशाख ०८ (२२ अप्रिल २०२२): विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुग्नुभएको छ । उहाँ तीन दिने भारत भ्रमण सकाएर नेपाल आउनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउनुभएका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उहाँलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अपनाएका उपायहरुका बारेमा जानकारी दिइनेछ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि उहाँले भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिनुभएको छ । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । उहाँलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!